समाज


१ सय सामुदायिक कुकुरलाई सम्मानसहित रेबिजविरुद्धको खोप

१ सय सामुदायिक कुकुरलाई सम्मानसहित रेबिजविरुद्धको खोप

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार ६:२६, झापा

जोखिम न्यूनीकरणका लागि झापाको मेचीनगरका एक सय सामुदायिक कुकुरलाई रेबिजविरुद्ध खोप र घाँटीमा चम्किलो फित्ता (रिफ्ल्याक्टिभ कलर) लगाइएको छ।  

रोटरी क्लब अफ मेचीनगर र रोक्ट्रयाक्ट क्लब अफ मेचीनगरले सोमबार  धुलाबारीलगायत बजार क्षेत्रका सामुदायिक कुकुरलाई सम्मान स्वरुप खाना र खोप दिएर चम्किलो फित्ता लगाइएको हो। 

कुकुर तिहारको सन्दर्भ पारेर यहाँ खोप लगाएर खानेकुरा दिएर सम्मानसमेत गरिएको रोटरी क्लब मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले बताइन्। 

उनले घरपालुवा कुकुरले पर्याप्त खाना र उपचार पाउने भए पनि सामुदायिक कुकुरप्रति सबैले उपेक्षा गर्दैै आएको अवस्थामा तिहारको अवसरमा सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताइन्। 

ती कुकुरहरूलाई रेबिज र छाला रोगविरुद्धको खोप लगाइएको छ । खोपले मानिसमा रेबिज सर्ने जोखिमसमेत न्यूनीकरण हुने पाठकको भनाइ छ। 

‘कुकुर समाउन र खोप लगाउन पशु प्राविधिकसहित टोली परिचालन गरिएको थियो भने रोटरीका कार्यकर्ताहरू स्वयंसेवकको रूपमा खटिएका थिए’, उनले भनिन्, ‘पछिल्लो समय नगरमा सामुदायिक कुकुरको सङ्ख्या बढोत्तरी भएकाले जोखिम पनि बढेको छ। कुकुरसँग ठोक्किएर सवारीसाधन दुर्घटनासमेत हुने गरेका छन्।’

मेचीनगर कृषि तथा पशु स्वास्थ्य प्राविधिक सङ्घका अध्यक्ष थिरेन्द्र शिवाकोटीले कुकुरका कारण समुदायमा हुनसक्ने जोखिम हटाउन कार्यक्रम गरिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad