झापा जिल्लास्थित मेची खोलापारि एक पुरुषको शव फेला परेको छ।
आइतबार भद्रपुर नगरपालिका- ३ भैसाबारीस्थित मेचीखोला पारी नदीको किनारमा (नेपाल तर्फ) सडिसकेकाे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उक्त शव हेर्दा पहाडे मुलको जस्तो देखिने प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
90
Shares

प्रतिक्रिया