समाज


पतिपत्नी सवार मोटरसाइकललाई बाढीले बगायो, पति बेपत्ता, पत्नी घाइते

पतिपत्नी सवार मोटरसाइकललाई बाढीले बगायो, पति बेपत्ता, पत्नी घाइते

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८२ आइतबार ७:४३, सुनसरी

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित पतिपत्नीलाई बगाएकाे छ। घटनामा माेटरसाइकल चालक पति बेपत्ता भएका छन् भने पत्नी घाइते भएकी छन्। 
 
काठमाडौँबाट धनकुटातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकललाई बाढीले बगाएकाे हाे।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार बेपत्ता हुनेमा सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेका छन्।

मोटरसाइकलमा सवार उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी घाइते भएकी छिन्। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

घटनापछि स्थानीयवासी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय चतरा तथा अस्थायी प्रहरी पोष्ट चतरा पुलको टोलीले मनिषको खोजी गरिरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad