ग्लोबल


गाजा सहरमा इजरायलको आक्रमण तीव्र, दोस्रो अग्लो भवन ध्वस्त

गाजा सहरमा इजरायलको आक्रमण तीव्र, दोस्रो अग्लो भवन ध्वस्त

नेपालखबर
भदौ २२, २०८२ आइतबार ७:४१, काठमाडौँ

इजरायली सेनाले गाजा सहरमा रहेको एउटा अग्लो भवन ध्वस्त पारेको छ।

यो ठूलो टावरलाई निसाना बनाइएको लगातार दोस्रो दिन हो। 

इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक्समा भवन भत्किएको भिडिओ सार्वजनिक गरेका छन्। 

इजरायल रक्षा बल (आईडीएफ) ले हमासले सुसी टावर प्रयोग गरिरहेको दाबी गरेको छ। हमासले भने यो कुरा अस्वीकार गरेको छ।

यो आक्रमणमा कुनै हताहत भएको छ कि छैन भन्ने कुरा स्पष्ट छैन।

शनिबारको हमलाअघि इजरायलले प्यालेस्टिनीहरूलाई दक्षिणको एउटा क्षेत्रमा सर्न अपिल गरिएका पर्चा खसालेको थियो।

सुसी टावर पछिल्ला केही दिनमा ध्वस्त हुने दोस्रो सबैभन्दा अग्लो भवन हो।

शुक्रबार सामाजिक सञ्जालमा राखिएको भिडिओमा सहरको अल-रिमल क्षेत्रमा रहेको मुसाताहा टावर ठूलो विस्फोटपछि ढलेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad