समाज


१६ वर्षीया किशोरीलाई करणी गरेर गर्भवती बनाएको आरोपमा ५० वर्षका पुरुष पक्राउ

१६ वर्षीया किशोरीलाई करणी गरेर गर्भवती बनाएको आरोपमा ५० वर्षका पुरुष पक्राउ

नेपालखबर
साउन २९, २०८२ बिहिबार १२:४३, झापा

किशोरीलाई जबरजस्ती करणी गरि फरार भएका एक आरोपीलाई झापा प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा झापाकाे गौरादह नगरपालिका- ९ झमकचाेक बस्ने ५० वर्षीय डिकबहादुर राई रहेका प्रहरीले जनाएकाे छ।

२०८१ माघ महिनाको पहिलो साता राईले  १६ वर्षीया नाबालिगलाई डर त्रास देखाई करणी गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ।

करणीपछि किशाेरी गर्भवती भएकी थिइन् भने राई फरार थिए। गएकाे जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा पीडितले राई विरुद्ध किटानी जाहेरी दिएका थिए।  

झिलझिलेबाट खटिएको प्रहरी टोलीले राईलाई गोप्य सूचनाका आधारमा यही साउन २८ गते  झापाकै शिवसताक्षी नगरपालिका-६ शिवगन्जबाट पक्राउ गरेकाे हाे। 

उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत झापाबाट पाँच दिनकाे म्याद थप गरेर कारबाही अघि बढाइएकाे प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad