समाज


१६ वर्षीय किशोरले चलाएको स्कुटरको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु

किशोर प्रहरी नियन्त्रणमा
१६ वर्षीय किशोरले चलाएको स्कुटरको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार ३२, २०८२ बुधबार १३:३८, झापा

झापामा १६ वर्षीय किशोरले चलाएको स्कुटरले ठक्कर दिँदा घाइते भएका एक वृद्धको मृत्यु भएको छ। 

यही असार २९ गते राति दमक नगरपालिका-१० जहदा टोलको भित्री सडक खण्डमा मे.७ प।३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँमा ७७ वर्षीय देवबहादुर श्रेष्ठ गम्भीर घाइते भएका थिए। 

उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। स्कुटर चलाउने तेह्रथुमको म्याङलुङ घर भई हाल दमक-१० मा बस्दै आएका थुमनारायण खापुङका छोरा १६ वर्षीय अर्चन खापुङलाई प्रहरीले पक्राउ गरेको छ। 

दुर्घटनामा श्रेष्ठको टाउको फुट्नुका साथै दाहिने हात भाँचिएको थियो। उनलाई निम्स अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो। 

त्यहाँ  भेन्टिलेटरा राखि उपचार भइरहेको अवस्थामा आफन्तले घर लान खोजेपछि चिकित्सकले डिस्चार्ज जरिदिएका थिए। घर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad