समाज


खेतमा पानी पटाउन गएकी महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

खेतमा पानी पटाउन गएकी महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८२ सोमबार ९:४९, माेरङ

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट बेलबारी- ८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

आइतबार घरनजिकैको खेतमा पानी लगाउन गएका बेला हात्तीले अमिनालाई आक्रमण गरेको थियो। 

हात्तीको आक्रमणबाट  गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad