भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवाल र उनका पति कश्यप पारुपल्लीले आपसी सहमतिमा अलग हुने घोषणा गरेका छन्।
साइना नेहवालले इन्स्टाग्राम पोस्टमार्फत पतिसँग अलग भएको जानकारी गराएकी हुन्।
उनले लेखेकी छन्, ‘जीवनले कहिलेकाहीँ हामीलाई फरक दिशामा लैजान्छ। धेरै सोचविचारपछि कश्यप पारुपल्ली र मैले अलग हुने निर्णय गरेका छौँ।’
उनले अगाडि लेखेकी छन्, ‘म सम्झनाहरूका लागि आभारी छु र भविष्यको लागि शुभकामना दिन्छु। यस समयमा हाम्रो गोपनीयतालाई बुझ्नु र सम्मान गर्नुभएकामा धन्यवाद।’
साइना र कश्यपले २०१८ मा विवाह गरेका थिए।
744
Shares

प्रतिक्रिया