समाज


रक्सी खाएकी महिलाले आफ्नै पसलमा आगो लगाइन्

रक्सी खाएकी महिलाले आफ्नै पसलमा आगो लगाइन्

फाइल तस्बिर


नेपालखबर
असार १४, २०८२ शनिबार ७:१, झापा

झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगलागी भएको छ। टिनको छाना र टिनले बारिएको उक्त भुइँतले पसलमा शुक्रबार साँझ आगलागी भएको हो। 

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बलभद्र प्रसाईं सञ्चालन गरेको सो पसलमा उनकी ३८ वर्षीया श्रीमती सोइता प्रसाईंले मादक पदार्थ सेवन पश्चात श्रीमानसँगको झगडामा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

पसलमा आगो लगाएपछि सोइता हाल फरार रहेको प्रहरीले जनाएको छ। 

स्थानीयवासी र बिर्तामोड नगरपालिकाको सहयोगमा २० मिनेटमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ। 

आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिजलगायत पसलभित्र रहेका सामग्री जलेको छ। त्यसबाट करिब दुई लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad