समाज


२ दिनअघि हराएका १२ वर्षीय बालकको शव खोला किनारमा भेटियो

२ दिनअघि हराएका १२ वर्षीय बालकको शव खोला किनारमा भेटियो

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८२ मंगलबार १२:२६, काठमाडौँ

झापामा खोलाको बगरमा एक बालकको शव फेला परेको छ। 

कमल गाउँपालिका- १ स्थित कृष्णेखोला किनारमा स्थानीय मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय सुशान शेर्पाको शव फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान खोलाको बगरमा बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरी चौकी तोपगाछीबाट गएको प्रहरी टोलीले बालकको शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मोरङ लगेको छ। बालक शेर्पा असार ८ गते नै घरमा कोही कसैलाई जानकारी नगराई घरबाट आफुखुसी हिँडेको खुलेको प्रहरीले जनाएको छ।

बेपत्ता बालक छिमेकी, आफन्त, नातागोतासमेतमा खोजतलास गर्दासमेत फेला नपरेपछि अभिभावकले प्रहरी चौकी तोपगाछीमा सोमबार हुलियासहित निवेदनसमेत दिएका थिए।

बालकको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad