झापामा ७९ वर्षीय एक वृद्धको नहरमा डुबेर मृत्यु भएको छ।
आइतबार बिहान पौने नौ बजेतिर शिवसताक्षी नगरपालिका- ७ बैङ्डाँडा निवासी ७९ वर्षीय राधाकृष्ण सोडारीको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान घरबाट चोकतिर घुम्न जान्छु भनि हिँडेका वृद्धको घरदेखि करिब १ किलोमिटर पश्चिममा रहेको कन्काई नहरमा डुबेको अवस्थामा शव फेला परेको हो।
नहरमा पुगेपछि उनले अकस्मात फाल हानेका प्रत्यक्षदर्शीले जनाएका छन्।
अहिले इलाका प्रहरी कार्यालय शिवगन्जबाट प्रहरी नायव निरीक्षक खड्ग गिरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।
उनको शव घटनास्थलबाट करिब पाँचसय मिटर तल फेला परेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानूनी प्रकृया भइरहेको प्रहरीको भनाई छ।
828
Shares

प्रतिक्रिया