समाज


मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवलदारको मृत्यु, प्रहरी जवान पत्नी घाइते

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवलदारको मृत्यु, प्रहरी जवान पत्नी घाइते

फाइल तस्बिर


नेपालखबर
असार १, २०८२ आइतबार ५:३३, माेरङ

मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटना हुँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको छ। 

बेलबारी नगरपालिका–४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवलदार जितेन्द्र चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए। 

पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। 

शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन पनि घाइते भएका छन्। विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ। उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ। विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन्।

मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेकाे छ। यस क्षेत्रमा काकडभिट्टा–लौकही सडक निर्माणकाे क्रममा छ। पूर्वपश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad