झापामा अविरल वर्षापछि डिपार्टमेन्टमा सडकको बाढी पस्दा ६० लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको छ।
गएरातिको अविरल वर्षापछि मेचीनगर नगरपालिका १३ चारआलिचोकमा रहेको रमेश आचार्यले संचालन गरेको डिपार्टमेन्ट (आर्यन प्लाजा)को अन्डर ग्राउन्डमा बाढी पस्दा आधा दर्जनभन्दा धेरै पसल डुबेका छन्।
वर्षापछि पूर्वपश्चिम राजमार्गको नालीको बाढी डिपार्टमेन्टमा छिरेको प्रहरीले जनाएको छ।
बाढीले किराना, कस्मेटिक, गिफ्ट, इलेक्ट्रोनिक, दोसरी, डेकुरेसन र कपडाका पसलहरु डुबेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
डुबानबाट ६० लाख भन्दा धेरैको क्षति भएको छ।
1.4k
Shares

प्रतिक्रिया