समाज


एमाले नेता लालबाबु पण्डितकी पत्नी विमलाको निधन

एमाले नेता लालबाबु पण्डितकी पत्नी विमलाको निधन

नेपालखबर
जेठ १५, २०८२ बिहिबार ६:२१, विराटनगर

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको निधन भएको छ।

उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।  

विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्। 

यसरी भएको थियो बिहे
२०५९ सालमा नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा केही मानिसहरू भेला भए। लालबाबु पण्डितको बिहे गर्ने एकाएक कुरा चल्यो।

बिहे कोसँग गर्ने त? कुरैकुरामा साथीहरूले विमलाको प्रस्ताव ल्याए। विमला त्यसबेला जनप्रतिनिधि थिइन्। 

२०५४ सालको निर्वाचनमा उनी ललितपुरको सैँबु गाविस वडा नम्बर ४ मा वडाध्यक्ष निर्वाचित भएकी थिइन्। भैँसेपाटीमा पर्ने त्यो क्षेत्र हाल ललितपुर महानगरपालिकाको वडा नम्बर २५ मा पर्छ।

उनको नाम आएपछि लालबाबुले पनि  ‘त्यसो भए हुन्छ नि त’ भनेर सहमति दिए। 

बिहे त गर्ने तर कसरी? उनलाई लागिरह्यो।

उनले बिहेको निम्तोपत्र ‘ए फोर साइज’को पेपरमा चारवटा निम्ता हुने गरी बनाए। त्यही फोटोकपी गरेर बाँडे। 

पार्टी कार्यालय, बल्खुमै जनवादी विवाह तय भयो। बिहेको आयोजक मोरङ(काठमाडौँ सम्पर्क मञ्च बन्यो।

प्रमुख अतिथि त्यसबेलाका महासचिव माधवकुमार नेपाल थिए। पार्टीका अरू नेताहरू पनि थुप्रै सहभागी भए। अष्टलक्ष्मी शाक्य, भरतमोहन अधिकारीहरू पण्डितको बिहेमा पुगेका थिए।

विमला पनि नेतृ भएकाले साथीहरूमार्फत नै चिनजान भएपछि जनवादी विवाह गर्न सजिलो भएको पण्डित सम्झन्छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad