समाज


सांसद र डीएसपी सवार गाडी ठोक्कियो

सांसद र डीएसपी सवार गाडी ठोक्कियो

सुमन सुस्केरा
जेठ ५, २०८२ सोमबार १५:२९, विराटनगर

कोसी प्रदेशका सांसदहरू चढेको गाडी दुर्घटनामा परेको छ। झापाबाट विराटनगरतर्फ आउने क्रममा कानेपोखरीनजिकै गाडी दुर्घटना भएको हो।

सांसदहरू चढेको अल्फाबेट बीएइ १४०६ नम्बरको गाडी र जिल्ला प्रहरी कार्यालय झापमा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार बा ५ च ३५३० गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो।  

गाडीको ठक्करबाट प्रदेशसभातर्फ आउँदै गरेका सांसदहरू राधाकृष्ण खनाल, विद्या चाम्लिङ, मैया श्रेष्ठ र नम्बरलाल धिमाल समान्य घाइते भएका छन्।

कोसी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले गाडी एक आसपमा ठक्कर खाएको जानकारी दिए। उनका अनुसार दुवै गाडीमा क्षति पुगे पनि सांसद र प्रहरी दुवै सुरक्षित छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad