समाज


कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली महिलाको मृत्यु

शव ३ दिनदेखि ७५ सय मिटर उचाइमै
कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली महिलाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार ७:५७, काठमाडौँ

ताप्लेजुको कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीया मार्गेटा मोरिङ रहेकी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

‘सिरीजङ्घा गाउँपालिका-८ स्थित कञ्चनजंघा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहणमा गएकी उनको वैशाख २७ गते राति ११ आठ हजार मिटरको उचाइमा पुगेपछि मृत्यु भएको जानकारी हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहि कुमार शर्माले नेपालखबरसँग भने, ‘शव अहिले पनि घटनास्थलमै छ।’

आरोहीको मृत्यु भएको जानकारी प्रहरीलाई सोमबार मात्रै आएको उनले बताए। 

८ हजार मिटरको उचाइमा पुगेपछि श्वासप्रश्वासमा समस्या आउँदा उनको मृत्यु गाइडले बताएका छन्। उनी अर्का एक फ्रान्सेली नागरिक र गाइड योगेन्द्र तामाङसँगै कञ्चनजंघा आरोहणमा गएकी थिइन्। 

उनको शव अहिले पनि समुद्री सतहदेखि करिब ७५ सय मिटर उचाइमा रहेको इन्सपेक्टर शर्माले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad