ग्लोबल


युद्धविरामपछि भारत-पाकिस्तानबीच भयो सैन्य वार्ता

युद्धविरामपछि भारत-पाकिस्तानबीच भयो सैन्य वार्ता

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार ८:२२, काठमाडौँ

भारत र पाकिस्तानबीच द्वन्द्व रोक्ने सहमति भएपछि सोमबार साँझ ५ बजे दुवै देशका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ) बीच वार्ता भएको छ।

भारतीय सेनाका स्रोतहरूले यस वार्तामा दुवै पक्षले एक गोली पनि नचलाउने वा कुनै पनि प्रकारको आक्रमण सुरु नगर्ने र अन्य मुद्दामा कुरा गरेको बताएका छन्।

स्रोतका अनुसार, दुवै पक्षले सीमा क्षेत्र र अग्रपंक्तिबाट सेनाको संख्या घटाउन तत्काल कदम चाल्नेबारेमा विचार गर्ने सहमति भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

सोमबार एक पत्रकार सम्मेलनमा डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले भने, 'पाकिस्तानी वायुसेनाले भारतको बहुस्तरीय रक्षा क्षेत्रमा प्रवेश गर्ने र भारतीय हवाई क्षेत्र वा रसद प्रतिष्ठानहरूलाई लक्ष्य गर्ने कुनै सम्भावना छैन।'

यसैबीच, भारतीय सेनाले सोमबार राति अबेर जम्मु कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad