बागमती


सर्लाहीबाट इँटा लिएर काठमाडौँ आउँदै गरेको ट्रक मकवानपुरमा दुर्घटना, २ जना घाइते

सर्लाहीबाट इँटा लिएर काठमाडौँ आउँदै गरेको ट्रक मकवानपुरमा दुर्घटना, २ जना घाइते

मनहरीमा शनिबार राति दुर्घटना भएको ट्रक।


नेपालखबर
बैशाख २८, २०८२ आइतबार ९:५८, हेटौँडा

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति इँटा लोड ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००२ ख ३२५४ नम्बरको ट्रक विद्युत्‌को पोलमा ठोकिएर पल्टिएको हो।

दुर्घटना शनिबार राति करिब १:३० बजे ज्यामिरे चौधमाइलनजिकै भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।

ट्रक दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक सन्तोष कुवँर थारुको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका-२ निवासी ३१ वर्षीय सन्दीप लामा टाउको र घाटीमा चोट लागेको छ।

यस्तै ट्रकका साहु सर्लाहीको बागमती गाउँपालिका-८ निवासी ३१ वर्षीय नवीन कुमार गरङजाको बाँया खुट्टामा चोट लागेको छ।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि मनहरी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

चालक लामाको अवस्था मध्यम छ भने साहु गरङजाको अवस्था सामान्य रहेको मकवानपुर प्रहरी उपरीक्षक (डीएसपी) श्याम अर्यालले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad