समाज


मन्त्रीको कार्यक्रममा गाउँपालिका अध्यक्षको अवरोध

मन्त्रीको कार्यक्रममा गाउँपालिका अध्यक्षको अवरोध

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ७:३, विराटनगर

खोटाङको साकेलामा मन्त्री गएको कार्यक्रममा गाउँपालिकाका अध्यक्षले अवरोध गरेका छन्। 

बिहीबार बिहान कार्यकर्ता भेटघाटसहितका कार्यक्रम लिएर साकेला गाउँपालिका पुगेका कोसी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले अवरोध गरेका हुन्। मन्त्री र अध्यक्ष राई दुवै कांग्रेसबाट विजयी भएका जनप्रतिनिधि हुन्। 

अध्यक्षसहितका धेरै नेता कार्यकर्त सहभागी भएर मन्त्रीलाई कार्यक्रममा अवरोध गरिएको थियो। मन्त्री राईलाई कार्यक्रममा अवरोध गरिएको भिडियो सार्वजनिक भएको छ। तर, त्यसबारेमा मन्त्रीले केही बताएका छैनन्। 

गाउँपालिकाका अध्यक्ष राईले पालिकाको बजेट अन्यत्र रकमान्तरण गरिएको, साकेला गाउँपालिकाको बजेट कटौती भएको, आफ्नो गाउँपालिकालाई विकास निर्माणमा पछि पार्न खोजिएको लगायतका आरोप लगाएका छन्। 

यस विषयमा नागरिकका असन्तुष्टि आफू गाउँपालिकाको अध्यक्ष भएको नाताले मन्त्री समक्ष राखेको उनले बताए। 

अध्यक्ष राईका अनुसार, प्रदेश सरकारले उपलब्ध गराएको बजेट दिक्तेलमा पठाएको र साकेलालाई बेवास्ता गरिएको छ। 

चालु आर्थिक वर्षको बजेटमा साकेलालाई नसमेटेको विषयमा अध्यक्ष राईले असन्तुष्टि व्यक्त गरेको भिडियोमा देख्न सकिन्छ। 

उनले भनेका छन्, ‘अर्को बाटो काटियो र पैसा दिक्तेलमा हालियो। आउँदो बजेटमा हाल्नुस् कार्यक्रम गर्न बोलाउँछ शिलान्यास र उद्घाटन गर्न। तर यतिबेला नआउनु भनेका थियौँ जबरजस्ती आउनुभयो। त्यसैले रोकेका  हौँ।’

गाउँपालिकाका अध्यक्ष राईले मन्त्री गाउँमा आउँदा एक कल पनि नगरेको, सचिवालयले समन्वय नगरेको, कुनै पत्र पनि नपठाएको समेत आरोप लगाएका छन्। उनले भनेका छन्, ‘उहाँ पालिकाको कार्यालयमा समेत आउनुभएन। म आउनुहोला भनेर निकैबेर कुरेर बसेँ। तर नआएपछि म यहाँ आउनुपर्ने अवस्था आयो।’

खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेले मन्त्रीलाई नागरिकको अवरोध हुने ठानेर प्रहरी परिचालन गरिएको जानकारी दिए। 

उनले छलफलपछि कुरा मिलेको बताएका छन्। तर के भएको थियो भन्ने बारेमा प्रमुख जिल्ला अधिकारी घिमिरेले केही बताएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad