समाज


पैदल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बोलेरो अरुण नदीमा खसेर बेपत्ता

पैदल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बोलेरो अरुण नदीमा खसेर  बेपत्ता

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार ८:२१, विराटनगर

संखुवासभामा अरुण नदीमा खसेर एउटा बोलेरो बेपत्ता भएको छ। बोलेरो चालकसहित दुई जनाले भने फाल हानेर ज्यान जोगाएका छन्। 

संखुवासभाबाट धनकुटा तर्फ जाँदै गरेको प्रदेश १–००२ च ४१०३ नम्बरको बोलेरो सोमबार दिउँसो धर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको हो।

पैदल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बोलेरो अक्करे भिरबाट करिब करिब ४० मिटर तल अरुण नदीमा झरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। 

दुर्घटनामा ३ जना घाइते भएका छन्। घाइते हुनेमा खाँदवारी नगरपालिका वडा नम्बर ९ का ४० वर्षीय  रमेश राई, मकालु गाउँपालिका ५ याङ्सीमाका २० वर्षीय किरण गुरुङ र चैनपुर ११ का वर्ष ६६ का ढोकबहादुर पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। 

घाइते हुने राई आफैँ बोलेकोका मालिकसमेत हुन्। उनीहरूको मनकामना अस्पताल तुम्लिङटारमा उपचार भइरहेको छ। 

दुर्घटनामा घाइते हुने चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डे पैदल यात्रु हुन्। तीव्र गतिमा रहेको बोलेरो उनलाई ठक्कर दिएपछि अनियन्त्रित भएर अरुण नदीमा खसेको हो।

बोलेरोमा चालकसहित दुई जना मात्रै सवार थिए। बोलेरो खसेपछि उनीहरुले हामफालेर ज्यान जोगाएका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad