पाँचथरमा वनमा लागेको डढेलोमा परेर एक युवतीको मृत्यु गएको छ। घटनामा अन्य ६ जना घाइते भएका छन।
बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए। डढेलोबाट जोगिन भाग्ने क्रममा उनीहरु डढेलोमा परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहले जानकारी थिए।
घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। प्रतिमाको गएराति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य तीन जनाको धरानमा उपचार भइरहेको छ। उक्त वनमा लागेको आगो अझैसम्म नियन्त्रण नआएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिए।
हावाहुरी चल्नासाथ डढेलो वस्तीमा पस्ने खतरा रहेको उनले बताए। आगो निभाउन गएका स्थानीय खगेन्द्र विक लडेर घाइते भएका छन्।
यस्तै फिदिम नगरपालिका–१३ जैवारीस्थित रानीवन सामुदायिक वनमा लागेको डढेलोमा परेर फिदिम–१४ की ४७ वर्षीया उषा नेम्बाङ राई घाइते भएकी छिन्।
दाउरा बोकेर आउने क्रममा उनी डढेलोमा परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको धरानमा उपचार भइरहेको छ। रासस
Shares

प्रतिक्रिया