समाज


हराएको ४ दिनपछि १ लाख नगद र आइफोन भेटियो

हराएको ४ दिनपछि १ लाख नगद र आइफोन भेटियो

सुमन सुस्केरा
चैत २०, २०८१ बुधबार १३:५६, विराटनगर

विराटनगर महानगरपालिका- ३ की सिता खड्का प्राय: अटोमा यात्रा गर्छिन्। 

यही चैत १६ गते पनि खड्का विराटनगर- १ भट्टाचोकबाट अटोमा चढेकी खड्कालाई शनी मन्दिरसम्म पुग्नु थियो। उनी निक्कै हतारमा थिइन्।  

अटोबाट उनी शनी मन्दिर नजिक झर्छिन्, तर उनको ब्याग एकछिन अघि मात्रै यात्रा गरेकाे अटोमै नै छुट्छ। अटो चालक उनलाई शनी मन्दिर चोकमा छाडेर आफ्नो बाटो लाग्छन्। 

उनले बोकेको त्यो हाते झोलामा आइफोन- १३ सहित एक लाख रुपैयाँ नगद पनि हुन्छ। 

झोला अटोमै छुटेपछि उनी त्यसको जानकारी दिन प्रहरी कार्यालयमा पुग्छिन्। तर, त्यो बेलासम्म उनलाई अटो नम्बर, त्यसका चालक को हुन्, त्यस विषयमा केही जानकारी हुँदैन।

 उनी चढेको अटो कता गयो त्यसको पनि उनलाई ख्याल हुँदैन। तर, खड्काले दिएको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालयले त्यस बारेमा अनुसन्धान सुरु गर्छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी (प्रवक्ता) वेदप्रकाश जोशीका अनुसार हराएको चार दिनपछि आज (बुधबार) नगद सहितको झोला फेला परेको  छ। 

खड्काले आफ्नो झोला प्र-१–०२–००३ ह ६०९० नम्बरको आटोमा छाडेको पाइएको जोशीले बताए। 

‘विराटनगर महानगरपालिका- १ घर भएका चालकले घरमा नगद सुरक्षित राखेको अवस्थामा फेला पारेर सम्बन्धित धनीलाई नगद र आइफोन फिर्ता गरेका छौँ,’ डीएसपी जोसीले भने। 

चालकबाट फिर्ता लिएर प्रहरीले खड्काले बोकेको निलो रङ्गको लेडिज हेण्ड ब्याग,  एक लाख नगद र आइफोन सम्बन्धित धनीलाई बुझाएको छ। हराएकाे आफ्नाे सामान फिर्ता पाएपछि खड्काले खुसी व्यक्त गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad