सुनसरीको गढी गाउँपालिका-५ मा घर निर्माणका क्रममा पिल्लर ढल्दा घाइते भएका एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय हारुन साफीका १४ महिनाका छोरा अरमान साफी रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए।
पिल्लर ढल्दा घाइते भएका बालकको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो।
बालकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
126
Shares

प्रतिक्रिया