समाज


मोटरसाइकल दुर्घटनामा २६ वर्षीय युवकको मृत्यु भएपछि चालक पक्राउ

मोटरसाइकल दुर्घटनामा २६ वर्षीय युवकको मृत्यु भएपछि चालक पक्राउ

नेपालखबर
फागुन १९, २०८१ सोमबार १०:४२, संखुवासभा

संखुवासभाको खाँदबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

कोसी राजमार्गमा पर्ने खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा प्र १ –०२–०५३ प ८१४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हाइड्रोपावरमा कार्यरत २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अधिकारी प्युठानको स्वर्गद्धारी नगरपािलका –१ निवासी हुन्।  खाँदबारी–तुम्लिङटार सडक खण्डमा गएराति सदरमुकाम खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको बेला मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो। अधिकारी मोटरसाइकलको पछाडि सवार थिए। 

उनी निर्माणाधिन पिलुवाखोला हाइड्रोपावरका मजदुर भएका प्रहरीले जनाएको छ। मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालक धर्मदेवी नगरपालिका– ६ का २५ वर्षीय आकाश जिमीलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad