समाज


झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु

झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु

नेपालखबर
फागुन ५, २०८१ सोमबार १३:१४, झापा

झापामा टिपरको ठक्करबाट एकजना मजदुरको मृत्यु भएको छ। 

अर्जुनधारा नगरपालिका ७ मा आइतबार साँझ मधुगिता क्रसर उद्योगको को १ ख ७०१४ नम्बरको टिपरले गिटी अनलोड गरी टिफर अगाडि बढाउने क्रममा सोही क्रसरका कामदारलाई ठक्कर दिएको हो। 

झापाकै हल्दिबारी गाउँपालिका २ का २५ बर्षीय मोहन किस्कुलाई ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

ठक्कर दिने टिपर चालक मोरङ उर्लाबारीका ४१ बर्षीय गुमानध्वज खडकालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad