ढलेको बिजुलीको पोलले लाग्दा झापामा एक जनाको मृत्यु भएको छ।
रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर लाग्दा मेचीनगर ५ का ५८ वर्षीय मङ्गले सार्कीको मृत्यु भएको हो।
आइतबार चिया बगानमा रहेको रुख काटने क्रममा रुखले बिजुलीको पोललाई ठक्कर दिँदा पोल ढलेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गम्भीर घाइते भएका सार्कीलाई प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले रुख काट्ने सोही स्थानका २६ वर्षीय सिताराम उराउ र २३ वर्षीय सिलास उराउलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
168
Shares

प्रतिक्रिया