मोरङमा आज (सोमबार)देखि नागरिकताको प्रमाणपत्रको सिफारिस अनलाइन प्रणालीबाटै हुने भएको छ।
मोरङका सबै वडाबाटै नागरिकताको सिफारिस अनलाइन प्रविधिमार्फत गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
मोरङका १७ वटा स्थानीय तहमा १ सय ५९ वटा वडा रहेका छन्।
गृह मन्त्रालयले नागरिकता वितरणलाई सहज बनाउन ‘सीसीआईएमएस’ (सेन्टरलाइजेज सीटिजनसीप इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) ‘सफ्टवेयर’ मार्फत यो काम हुने उनले जानकारी दिए।
उनले भने ‘हामीले पनि प्रयोग गर्ने भनेको यही ‘सफ्टवेयर हो। यसले सहज र छिटो बनाउँछ।’
अनलाइनमार्फत विवरण आउँदा पहिला भन्दा काम चाँडो र सहज हुने प्रजिअ यादवले बताए। पहिला सबै कागजात हेरेर रुजु गरेर इन्ट्री गर्नु पर्दा लाग्ने समय अब वडा सचिवले नै प्रवृष्टी गर्ने भएकोले सजिलो हुने उनको भनाई छ।
नागरिकता लिने सेवाग्राहीले अब अनुसूची भरेको कागजात मात्रै लिएर प्रशासनमा जाँदा हुने व्यवस्था छ। वडा सचिवले सफ्टवेयरमा भर्दा गलत भएको पाइए जिल्ला प्रशासन कार्यालयबाटै सच्याइने उनले बताए।
Shares

प्रतिक्रिया