ad ad

समाज


राहत कोषमा जुट्न थाल्यो रकम

राहत कोषमा जुट्न थाल्यो रकम

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८१ आइतबार १२:२५, झापा

विपदमा परेका व्यवसायीलाई सहयोग गर्न  बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ।

विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले संघले एक करोड रुपैयाँको अक्षयकोष बनाउने  निर्णय गरेको थियो। 

संघमा पाँच हजार ६ सय ६२ जना सदस्य आबद्ध छन्। संघका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा रु‍. एक लाख ११ हजार एक सय ११ दाखिला गरेको संघका अध्यक्ष राजु न्यौपानेले बताए। 

हालसम्म आठ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भइसकेको छ। 

आगलागी, बाढी, चोरी, लुटपाटलगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उनले दिए। 

‘कार्यालयमा आएर कतिपयले सहयोग गरी रहनुभएको छ’, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भने, ‘पाँच हजारभन्दा धेरै सदस्य छन्। उहाँहरू यति बेला कोष बन्ने कुराले उत्साही हुनुहुन्छ। सबैले अलिअलि सहयोग गर्नुभयो भने कोषमा रु. एक करोड सहजै जुट्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .