समाज


बाढीले सडक बगाउँदा साल्पासिलिछोमा सवारी आवागमन बन्द

बाढीले सडक बगाउँदा साल्पासिलिछोमा सवारी आवागमन बन्द

नेपालखबर
साउन २७, २०८१ आइतबार ८:०, भाेजपुर

भोजपुरको इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा साल्पासिलिछो गाउँपालिकामा सवारी साधनमा आवागमन कष्टकर बनेको छ। 

यही साउन १६ गतेको बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा सवारी साधन सञ्चालनमा समस्या भएको हो।
 
बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए। बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ।  बढीबाट रु पाँच करोड बराबरको क्षति भएको अनुमान गरिएको उनले बताए। 

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने  तीनवटै सडकका सबै नाका पहिरोको कारण बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए। 

गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उनले बताए। बाटो बनाउन रु १० करोड लाग्ने अनुमान छ। क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नुको विकल्प आफूहरूसँग नभएको पनि अध्यक्ष कुलुङले बताए। 

बढीले वडा नं १ गौडेनी पुलमा रु एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा रु एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा रु एक करोड र भमला ढाँडगाउँ पुलमा रु १० लाख बराबरको क्षति भएको छ। 

यसैगरी, वडा नं ४ मा  निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा रु ४० लाख बढीको क्षति भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad