ad ad

समाज


ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

नेपालखबर
साउन ३, २०८१ बिहिबार ९:२२, ताप्लेजुङ

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मैवाखोला गाउँपालिका- २ ढुङ्गेसाँघुमा बुधबार प्र १-०२-००३ त ९६० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई सुरुमा उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र लैजाने क्रममा उनको बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिए। 

दुर्घटनापछि ट्याक्टरका चालक स्थानीय सनबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको इन्सपेक्टर लुंगेलीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .