ad ad

समाज


कैँचीले हानेर एकको हत्या र २ युवालाई घाइते बनाएको आरोपमा ३ जना पक्राउ

कैँचीले हानेर एकको हत्या र २ युवालाई घाइते बनाएको आरोपमा ३ जना पक्राउ

नेपालखबर
असार २७, २०८१ बिहिबार ९:४६, विराटनगर

एक युवाको हत्या र दुई युवालाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले मोरङबाट तीन युवालाई पक्राउ गरेको छ। 

यही असार २४ गते विराटनगर महानगरपालिका २ प्रदेश टेलिकम कार्यालय नजिक रहेको सेन्ट जोसेफ स्कुलको मोडमा धारिलो हतियार प्रहारबाट २१ वर्षीय करण कामतको मृत्यु भएको थियो। 

घटनामा १७ वर्षीय अमन राय र २२ वर्षीय विक्रम मण्डल घाइते भएका थिए। उनीहरु सबै कटहरी गाउँपालिका(१ जमटोकीका स्थानीय हुन्। 

हत्या घटनामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले सन्तोष सेर्पा, सोनु गिरी, संजय पुरी र एक जना नाबालकलाई पक्राउ गरेको हो। पक्राउ पछि पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ। 

उनीहरुलाई जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान र कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .