ad ad

कला


नाजिर हुसेन स्टारर फिल्म ‘गुन्यो चोलो’ कात्तिक ९ मा रिलिज हुने

नाजिर हुसेन स्टारर फिल्म ‘गुन्यो चोलो’ कात्तिक ९ मा रिलिज हुने

नेपालखबर
असार २७, २०८१ बिहिबार १०:०, काठमाडौँ

नाजिर हुसेन स्टारर फिल्म ‘गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ 'गुलाबी' को प्रदर्शन मिति तय भएको  छ। यो फिल्म आगामी कार्तिक ९ अर्थात अक्टाेबर २५ बाट रिलिज हुने पक्का भएको हो।

बिहीबार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै फिल्मको  रिलिज मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा नाजिर फरक अवतारमा देखिएका छ्न।

पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन। उनले एउटा हातमा विग(नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन। उनको शरीरमा कहिँ कतै चोटको निशान समेत देखिन्छ। 

नाकमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको 'ट्रान्सवुमन लुक्स' आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम 'गुलाबी' राखिएको छ। नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ। 

सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रमा पनि कडा मेहेनत गरेका छन भन्ने छनक पोस्टरबाटै मिल्छ। नाजिरले 'गुन्यो चोलो- उर्फ गुलाबी' कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए।

यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन।   निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु 'निलहिरा समाज' र 'मितीनी नेपाल' संग पनि परामर्श गरेकी थिइन। धेरै खोज र अनुसन्धानपछि उनले यस चलचित्रमा प्राण भरेकी हुन।

चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छिन। 'गुन्यो चोलो उर्फ गुलाबी' ले आफ्नो निर्देशनको यात्रामा थप उचाई थप्नेमा भट्ट विश्वस्त छिन।

अमेरिकी कम्पनी 'भिजन ईन्टरटेन्मेन्ट' र 'दि स्काई ओसन ईन्टरटेन्मेन्ट' को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताकाे कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। फिल्ममा  नाजिरसहित संचिता लुइँटेल, सुशील सिटाैला, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय रहेको छ।

चलचित्रको सम्पुर्ण पोस्ट प्रोडक्सनकाे काम बाहिर गरिएको हो। चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड  म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ। चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम  मार्सेलो दि फ्रान्सिसीले गरेका छन। लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड चलचित्र 'ग्ल्याडिएटर-२' यहीँ डिसेम्बरमा आउँदैछ।

नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन्। भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .