समाज


झापाको एउटा सहकारीका चारजना जेल चलान, बचतकर्ताको रकम हिनामिना गरेको ठहर

झापाको एउटा सहकारीका चारजना जेल चलान, बचतकर्ताको रकम हिनामिना गरेको ठहर

नेपालखबर
फागुन ११, २०८० शुक्रबार ७:२५, काठमाडौँ

झापा जिल्ला अदालतले सहकारीको रकम अपचलन गरेको अभियोग लागेका चार जनालाई जेल सजाय हुने फैसला गरेको छ। 

दमकमा रहेको नवरङ्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरज लिम्बु, पूर्व उपाध्यक्ष आकाश थुलुङसहित चार जनालाई जेल सजाय हुने फैसला भएको हो। 

बचतकर्ता दिपु चापागाईं र तमोन्ना निरौलासहितले उनीहरुविरुद्ध बचतकर्ताको रकम हिनामिना गरेको भन्दै अदातलमा मुद्दा दायर गरेका थिए।  

नवरन्त सहकारी संस्थाका सञ्चालक र व्यवस्थापक गरेर चार जनालाई जेल सजायको फैसला भएको जिल्ला अदालत झापाका सूचना अधिकारी गायत्री बाह्रकोटीले जानकारी दिइन्।

लिम्बु र थुलुङलाई जनही एक वर्ष कैद र नगद १० हजार रुपैँया जरिवाना तिराउने फैसाला भएको हो। 

त्यसैगरी सहकारीका व्यवस्थापक सहरमान राई र कर्जा विभाग प्रमुख गौरव राजवंशीलाई जनही ३ वर्ष जेल र ३० हजार रुपैयाँ नगद जरिवाना गराउने फैसला भएको छ। 

उजुरीकर्ता निरौलाको मात्रै यो सहकारीले ४८ लाख रुपैयाँ हिनामिना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .