ताप्लेजुङमा निमार्णाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको तमोर नदीले बगाउँदा मृत्यु भएको छ।
विद्युतीय तारबार मिलाउने क्रममा तमोर नदीमा खस्दा भारत पश्चिम बङ्गालको माल्टा टाउनका करिब २२ वर्षीय मुकेश शाहीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार मध्यतमोर जलविद्युत् आयोजनाको हान्द्रुङस्थित विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा पारि रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर उनी नदीमा खसेका हुन्। रासस
27
Shares

प्रतिक्रिया