ad ad

समाज


विराटनगरमा आगोमा जलेर २ को मृत्यु, घाइते ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

विराटनगरमा आगोमा जलेर २ को मृत्यु, घाइते ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

नेपालखबर
मंसिर २१, २०८० बिहिबार ६:५९, काठमाडौँ

मोरङको विराटनगरमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ। घटनामा चारजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका- ७ सातघुम्तीमा रहेको कवाडी गोदाममा बुधबार दिउँसो भएको आगलागी भएकाे हाे। आगलागीमा परेर गोदामका सञ्चालक स्थानीय ४० वर्षीय दिपक मण्डल र पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

उनीहरु दुबैको शव न्युरो अस्पताल विराटनगरमा राखिएको छ। आगलागीमा परेर महिलाको घटनास्थलमै र मण्डलको उपचारको क्रममा क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।

घाइते चारै जनालाई उपचारका लागि बुधबार साँझ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी  रञ्जन दाहालले जानकारी दिए। 

आगलागीमा परेर विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन्। घाइतेमध्ये रीता र सुशीलाको अवस्था गम्भीर रहेको डीएसपी दाहालले जानकारी दिए। 

घाइते चारैजनालाई नेपाली सेनाको स्काई ट्रक (हेलिकप्टर)मार्फत् बुधबार साँझै काठमाडौँ ल्याइएको छ। उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि आगलागी सुरु भएको थियो। 

बाहिर निस्कने गेटबाटै आगो लागेका कारण भित्र काम गरिरहेका कामदारहरू सहजै भाग्न नपाउँदा दुईको मृत्यु र चारजना घाइते भएका प्रहरीले जनाएको छ।

आगलागी बारुणयन्त्रको सहायतामा नियन्त्रणमा आएको थियो। आगलागी कसरी सुरु भयाे खुलेकाे छैन। प्रहरीले घटनाकाे अनुसन्धान सुरु गरिएकाे जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .