समाज


दुई बालबालिकासहित आमा सम्पर्कविहीन, भेरी किनारमा मोबाइल र झोला भेटियो

दुई बालबालिकासहित आमा सम्पर्कविहीन, भेरी किनारमा मोबाइल र झोला भेटियो

नेपालखबर
चैत २, २०८२ सोमबार १२:१४, सुर्खेत

सुर्खेतको गुर्भाकोट नगरपालिका-१२ पिप्लेबाट दुई बालबालिकासहित एक महिला सम्पर्कबिहीन भएकी छन्। 

पिप्ले बस्ने ३८ वर्षीया माया कठायत उनकी ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दिपकसहित सम्पर्कबिहीन भएकी हुन्। प्रहरीका अनुसार, आइतबार बिहान करिब ७ बजेपछि उनीहरू घरमा देखिएका थिएनन्। साँझसम्म नदेखिएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी थालेका हुन्। 
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई सन्तानसहित आमा हराएको भनेर मायाका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायतले आइतबार साँझ करिब ६ बजे प्रहरी चौकी गुमीमा जानकारी गराएका थिए।

त्यसपछि प्रहरी चौकी गुमीबाट प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो। प्रहरी टोली, जनप्रतिनिधि र स्थानीय बासिन्दाले खोजतलास गरेका थिए। 

घरदेखि करिब ३ किलोमिटर टाढा रहेको भेरी नदीको किनारमा मायाले प्रयोग गर्ने झोला, सल, चप्पल तथा एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ। सोमबार मध्याह्नसम्म माया र उनका दुई सन्तानको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। 

आज भेरी नदी आसपासका क्षेत्रमा खोजी भइरहेको छ। उनीहरूको खोजीमा प्रहरी र स्थानीय बासिन्दासहित ३५ जना खोजबिनमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad