समाज


तीन अस्पताललाई एक-एक करोड प्रदान गर्ने कर्णाली सरकारको निर्णय

तीन अस्पताललाई एक-एक करोड प्रदान गर्ने कर्णाली सरकारको निर्णय

नेपालखबर
पुस २४, २०८२ बिहिबार १२:१३, दैलेख

कर्णाली प्रदेश सरकारको बिहीबार बसेको बैठकले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा रहेका एक–एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद् बैठकले सुर्खेतको सालकोट अस्पतालको लागि पञ्चपुरी नगरपालिकालाई १ करोड, दैलेखको दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिकालाई १ करोड र कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हुम्लाको हिमा गाउँपालिकालाई १ करोड बजेटको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए। 

प्रवक्ता शाहका अनुसार बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि ६० लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय गरेको छ। 

यस्तै, प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन एकाइ सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन एकाइ, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad