समाज


वीरेन्द्रनगरको जंगलमा १७ र १९ वर्षका किशोरकिशोरी मृत भेटिए

वीरेन्द्रनगरको जंगलमा १७ र १९ वर्षका किशोरकिशोरी मृत भेटिए

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८२ बिहिबार ५:४६, कर्णाली

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान सामुदायिक वनमा किशोर किशोरी मृत अवस्थामा फेला परेका छन्।   

मृत अवस्थामा फेला पर्नेमा चामुण्डा बिन्दासैनी नगरपालिका–३ दैलेख निवासी १९ वर्षीया सुनिता भण्डारी र ठाटिकाँध गाउँपालिका–२ दैलेख निवासी १७ वर्षीय सुरेन्द्र थापा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत श्यामप्रकाश यादवले जानकारी दिए। 

बुधबार बिहान दाउरा काट्न गएका स्थानीयले रुखमा झुन्डिएको शव देखेपछि सहिद पार्कस्थित अस्थायी प्रहरी बिट सुर्खेतलाई जानकारी गराएका थिए। 

प्रहरीले रितपूर्वक घटनास्थल मुचुल्कालगायत प्रारम्भिक कार्य गरी दुवैको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad