समाज


टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय किशोर गम्भीर घाइते

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय किशोर गम्भीर घाइते

फाइल तस्बिर


नेपालखबर
पुस ९, २०८२ बुधबार ९:४४, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित मंगलगढी चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोर गम्भीर घाइते भएका छन्। बुधबार बिहान साढे ५ बजेतिर एरीचोकबाट बसपार्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क ००२४ नम्बरको टिप्परले मण्डीलाइनबाट मंगलगढीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२०३५ प ३७९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किशोर घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा गम्भीर घाइते हुने मोटरसाइकल चालक कालीकोटको शुभकालिका गाउँपालिका–६ घर भई हाल वीरेन्द्रनगर–८ बस्ने १८ वर्षीय टेकराज शाही छन्। 

उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो तर अवस्था गम्भिर भएका कारण नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। 

ठक्कर दिने टिपर चालक वीरेन्द्रनगर–२ बस्ने २३ वर्षीय कमल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad