जुम्लामा भालुले आक्रमण गर्दा दुईजना युवक घाइते भएका छन्।
हिमा गाउँपालिका –५ बाझगाडको वन क्षेत्रमा भालुले आक्रमण गर्दा गोठाला गएका दुई युवक घाइते भएका प्रहरीले जनाएको छ।
भालुले आक्रमण गर्दा स्थानीय ३० वर्षीय हरिचन्द्र रोकाया र ३५ वर्षीय गणेश रोकाया घाइते भएका हुन्। घाइतेमध्ये हरिचन्द्रको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते रोकायालाई स्थानीय स्वास्थय संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ।
उनीहरूलाई जंगलमा गाईबस्तु चराउँदै गर्दा भालुले आक्रमण गरेको हो। भालुको आक्रमणबाट गाईगोरु र भेडा पनि मरेका छन्।
120
Shares

प्रतिक्रिया