लोकसेवाको परीक्षा दिएर फर्किदै गर्दा दुर्घटनमा परेर जाजरकोटकी सिर्जना गिरीको मृत्यु भएको छ।
आइतबार साँझ इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा सवारी दुर्घटनामा परेर उनको मृत्यु भएको हो।
जाजरकोटको छेडागाड नगरपालिका–८ घर भएकी २३ वर्षीया सिर्जना लोक सेवा आयोग कोसी प्रदेशले लिएको नयाब सुब्बा द्वीतिय पत्रको परीक्षमा सहभागी भएकी थिइन्।
झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार उक्त दुर्घटनामा परी सिर्जनासहित बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहराको पनि मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले उक्त दुर्घटनामा परी सिर्जना र मदनलाई उद्धार गरेर उपचारका लागि झापास्थित बिएन्डसी अस्पताल लगिएको जानकारी दिए। उनका अनुसार घाइते दुबै जनाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा राखेको छ।
यस्तै, मृतक दुबै जनाको शव बीएन्डसी अस्पतालमा राखिएको जाजरकोटका एमाले नेता निरज आचार्यले जानकारी दिए। उनका अनुसार सिर्जनाका आफन्तहरु इलाम पुगेका छन्। उनीहरुले प्रहरी सक्षम जाहेरी दिने तयारी गरेका आचार्यले बताए।
Shares

प्रतिक्रिया