समाज


काठमाडौँसहित ३५ जिल्लामा बाढीको मध्यम जोखिम, दिइयो पहेँलो रङ

काठमाडौँसहित ३५ जिल्लामा बाढीको मध्यम जोखिम, दिइयो पहेँलो रङ

फाइल तस्बिर: काठमाडौँमा बाढी


नेपालखबर
असार १०, २०८२ मंगलबार ९:२१, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १०, मंगलबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

आजसमेत ३ दिन (बिहीबारसम्म) कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदी, साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि बढ्दो रहने तथा कोसी, नारायणी नदी, कन्काई र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना देखिएकाले यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

आज भने देशका ५५ जिल्लामा बाढीको जोखिम रहेको जानकारी दिँदै बाढी महाशाखाले यीमध्ये काठमाडौँ उपत्यकाका तीनसहित ३५ जिल्लाका लागि भने पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ। 

बाढी महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रौतहट, गोरखा, तनहुँ, कास्की, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, सल्यान, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो। यी ३५ जिल्लालाई पहेँलो रङ दिइएको छ। 

यस्तै आज मोरङ, सुनसरी, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुम पूर्व, प्युठान, कपिलवस्तु, दाङ, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम रहेकाले ती नदीका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ।

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad