समाज


जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, चालकसहित ४ घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, चालकसहित ४ घाइते

नेपालखबर
असार ३, २०८२ मंगलबार ९:३०, जुम्ला

जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार गए राति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो। 

उक्त दुर्घटनामा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ।। 

दुर्घटनामा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की घाइते भएका छन्। 

घाइते सबैको कर्णाली स्वास्थ्य प्रतिष्ठानमै उपचार भइरहेको छ। सबै घाइते खतरामुक्त रहेका असई रसाइलीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad