दाङमा पौडी खेल्ने क्रममा एक किशोरको दहमा डुबेर मृत्यु भएको छ।
शनिबार तुलसीपुर उपमहानगरपालिका- १८ धरमपुरस्थित सामुदायिक वनमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा १६ वर्षीय भूपेन्द्र विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालयल तुलसीपुरले जनाएको छ।
दाङकै त्रिवेणी गाउँपालिका- ९ सिस्नेरी घर भएका किशोर अभिभावकसँग तुलसीपुरमा बस्दै आएका थिए। उनी साथीहरुसँगै पौडी खेल्न जाँदा घटना भएको हो।
स्थानीय अम्बाखोली सामुदायिक वनको हाताभित्र निर्माण भएको कृत्रिम तालमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
किशोरको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
174
Shares

प्रतिक्रिया