दैलेखमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आठबिस नगरपालिका(४ राकमका २९ वर्षीय नगेन्द्र माझीको करेन्ट लागेर मृत्यु भएको हो।
विद्युत् प्राधिकरणको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै परिवारले क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानदेखि कर्णाली राजमार्ग अवरुद्ध पारेका थिए।
प्राधिकरण र मृतकका परिवारबीच सहमतिभएपछि राजमार्गको अवरोध हटाइएको छ।
प्रहरीका अनुसार मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने र कानुनअनुसार पाउने क्षतीपूर्तीमध्य एक लाख काजकिरियाका लागि रकम उपलव्ध गराउने सहमति भएको छ।
744
Shares

प्रतिक्रिया