ad ad

समाज


सुर्खेतमा इनार सफा गर्ने क्रममा ३१ र ३२ वर्षका युवकको मृत्यु

सुर्खेतमा इनार सफा गर्ने क्रममा ३१ र ३२ वर्षका युवकको मृत्यु

नेपालखबर
असार ४, २०८१ मंगलबार ५:४०, काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा दुईजना युवकको मृत्यु भएको छ।

इनारभित्र अक्सिजनको अभाव हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ११ पिपिराका ३२ वर्षीय विद्याप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

मंगलबार दिउँसो स्थानीय तोरण विकको घरको इनार सफा गर्ने क्रममा निस्सासिएर उनीहरु बेहोस भएका थिए। 

कर्णाली प्रदेश अस्पतालमा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो। 

चिकित्सकहरुले इनारभित्र अक्सिजन अभाव हुँदा उनीहरुको मृत्यु भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .