जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको माटोको ढिस्कोले पुरिँदा मृत्यु भएको छेडागाड नगरपालिकाका उपमेयर चन्द्रबहादुर थापाले जानकारी दिए।
गएको मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते भएकी अधिकारीको आज बिहान मृत्यु भएको हो। रासस
3
Shares
प्रतिक्रिया