ad ad

समाज


हत्या गरेर श्रीमानको शव शौचालयमा पुरिन्, पाँच वर्षपछि भेटियो मानव कंकाल

हत्या गरेर श्रीमानको शव शौचालयमा पुरिन्, पाँच वर्षपछि भेटियो मानव कंकाल

फाइल तस्बिर


दिनेश बुढा
माघ १८, २०७९ बुधबार १२:२६, सुर्खेत

जाजरकोटमा श्रीमतीले श्रीमानको हत्या गरेर शौचालयको खाडलमा पुरेको घटना पाँच वर्षपछि खुलेको छ।

श्रीमतीले हत्यापछि शौचालयको खाडलमा गाडेको शव अहिले फेला परेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटले पाँच वर्षपछि शव फेला पारेको हो। 

यही मंगलबार प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोली घटनास्थलमा पुगेको थियो। 

प्रहरी घटनास्थलमा पुगेपछि भेरी नगरपालिका–६ का ४७ वर्षीय काले कामीको शवको अवशेष खाडलबाट निकालिएको हो।

उनकै श्रीमतीले लाठ्ठीले निधारमा हानेर हत्या गरेपछि शवलाई शौचालयको खाडलमा पुरेकी थिइन्। 

काले कामीकी श्रीमती भद्रकलाले २०७४ साल पुस ३० गते रातस घरमै हत्या गरी शव शौचालयमा गाडेकी थिइन्। 

उनीसँगै छोरा गोविन्द विक र तुल्सीरामले बुवाको शवलाई घरनजिकैको शैचालयको खाडलमा पुरेको खुलासा प्रहरीले गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर शौचालयको खाडल उत्खनन गरेको थियो। 

त्यहाँबाट काले कामीको दाँतसहितको खप्पर (टाउको), प्लाष्टिकको डोरीले बाँधीएको ज्याकेट, पाइन्ट र तिनै लुगाभित्र मानव कंकाल फेला परेका हुन्। 

शव फेला पारेसँगै अनुसन्धानका लागी श्रीमती भद्रकला र छोरा तुल्सीराम विकलाई प्रकाउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .