भारतीय वित्त मन्त्री निर्मला सीतारमणले बजेट २०२३ का सात प्राथमिकता सार्वजनिक गरेकी छन्।
बुधबार संसदमा बजेट भाषणका क्रममा उनले बजेटका साथ प्राथमिकताका बिन्दुबारे बताउँदै जसले सप्तऋषि जस्तै देशलाई मार्गदर्शन गर्ने बताएकी छन्।
प्राथमिकता
सहभागितासहितको विकास (जसमा विपन्न लगायत सबैलाई प्राथमिकता दिइनेछ), खेतीका लागि डिजिटल पूर्वाधारको बढावा दिइने, तल्लो समुदायसम्म पुग्ने कोशिश, क्षमताको पूरा प्रयोग, दिगो ऊर्जातर्फ बढ्ने कोशिश, वित्तीय क्षेत्र र युवाहरुतर्फ विशेष ध्यान।)
प्रधानमन्त्री गरिब कल्याण अन्न योजनामार्फत २ लाख करोड रुपैयाँ केन्द्र सरकारले खर्च गर्नेछ।
अन्त्योदय योजनाअन्तर्गत गरिबका लागि निशुल्क खाद्यान्न आपूर्ति योजनालाई एक वर्षका बढाइने छ।
सन् २०१४ देखि सरकारको प्रयासले सबै नागरिकको जीवनस्तर सुधार गर्दै गरिमापूर्ण जीवन सुनिश्चित गरेको छ।
प्रतिव्यक्ति आम्दानी दुई गुणाभन्दा धेरै बढेर १.९७ लाख रुपैयाँ भएको छ। यी ९ वर्षमा भारतीय अर्थव्यवस्था विश्वमा पाँचौँ ठूलो अर्थतन्त्रका रुपमा अघि बढेको छ।
Shares
प्रतिक्रिया