समाज


हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट: ९ नेपालीसहित १० जनाको अवशेष भेटियो, डीएनए परीक्षण गरिँदै

हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट: ९ नेपालीसहित १० जनाको अवशेष भेटियो, डीएनए परीक्षण गरिँदै

हिमाचल आगलागीमा बितेका नेपालीहरू


नेपालखबर
पुस ३०, २०८२ बुधबार १३:५८, काठमाडौँ

भारतस्थित हिमाचल प्रदेशको सोलन जिल्लाको अर्की बजारमा आइतबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भएको आगलागीमा ९ नेपालीसहित १० जनाको मृत्यु भएको पुष्टि भएको छ। 

बीबीसी हिन्दीका अनुसार बुधबार थप सात जनाको अवशेष फेला परेका हुन्। योसँगै आगलागीमा परी मृत्यु भएकाको संख्या १० पुगेको हो।

अधिकारीहरूले मृतकहरूमा ९ नेपाली नागरिक र बिहारका एक ८ वर्षीय बालक रहेको बताएका छन्।

सोमबार दुई, मंगलबार तीन र बुधबार सात जनाको अवशेष फेला परेका हुन्। 

फोरेन्सिक परीक्षणका अवशेषहरू अस्पताल पठाइएको छ, जहाँ मृतकको पहिचान गर्न डीएनए पत्ता लगाइनेछ। 

मृतकका आफन्तहरूबाट डीएनए नमुना यसअघि नै संकलन गरिसकिएको छ।

सोलन जिल्लाका अतिरिक्त उपायुक्त राहुल जैनले भने, ‘आगो यति भयानक थियो कि अहिलेसम्म कुनै पनि शव पूर्ण रूपमा प्राप्त हुन सकेको छैन। मानव अवशेष मात्र फेला परिरहेका छन्।’ 

घटनास्थल

उक्त आगलागीमा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ नेपालीको मृत्यु भएको हो।

सिद्धकुमाख गाउँपालिका-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार घटनामा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विकको मृत्यु भएको हो। 

यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले बताए। 

धनबहादुर विक र काशीराम विकका परिवार २ वर्षदेखि रोजगारीका लागि भारतको हिमाचलमा थिए। उनीहरू त्यहाँको अर्की बजारमा ज्याला मजदुरी गर्थे। 

एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ यतिबेला गहिरो शोकमा डुबेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad